नेपालमा आज ३७ संक्रमित, ३८२ निकाे

५ चैत्र २०७८,काठमाडौंनेपालमा तेस्राे भेरियन्ट यता अाज सवै भन्दा थाेरै संक्रमित देखा परेका छन् ।  गत २४ घण्टामा ३७ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६१ जनामा गरिएको नमूना परीक्षणमा ३७ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा  ३ सय  ८२ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा कसैले पनि काेराेना संक्रमणका कारण ज्यान गुमाउनु परेकाे छैन । विगत ४ दिन यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेकाे छैन । हालसम्म काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५० जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४१ जनामा झरेकाे छ । याे संख्या पछिल्लाे केही समय यता दिनहूँ घट्नेक्रममा रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल बुद्धिजीवि परिषद झापाको नयाँ समिति गठन
Next post अध्ययनसँगै व्यवसायिक खेतीमा झापाका विधार्थी (फाेटाे फिचर सहित)