
१० पाैष २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ८ सय ९२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ४८ हजार २ सय ९२ जना छन् । नेपालमा निको हुने दर ९६ दशमलव ५ प्रतिशत रहेको छ । यस्तै आज थप ६ सय ८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार १ सय ४२ जनाको पीसीआर परीक्षणमा ६ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैबीच कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ८ सय १६ रहेको छ ।
