९ चैत्र २०७८,काठमाडौं–नेपालमा गत २४ घण्टामा ३८ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ७६ जनामा गरिएको नमूना परीक्षणमा ३८ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा २ सय ६९ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा कसैले पनि ज्यान गुमाउनु परेकाे छैन । हालसम्म काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५१ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५३ जनामा झरेकाे छ । याे संख्या पछिल्लाे केही समय यता दिनहूँ घट्नेक्रममा रहेकाे छ ।
