
११ पाैष २०७७, काठमाडौं– पछिल्लो २४ घण्टामा ८ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका छन् । यस्तै २४ घण्टामा थप ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २१३ महिला र २८७ जना पुरुष रहेका छन् ।
हालसम्म नेपालमा २ लाख ५७ हजार ७ सय संक्रमितको संख्या पुगेको छ । त्यसैगरी देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७४९ छ । २४ घण्टामा जम्मा ५ हजार ४३४ पीसीआर परीक्षण भएका छन् ।
अहिले क्वारेन्टाइनमा संख्या ३ सय ६९ जना रहेका छन् । कोरोना संक्रमणबाट २४ घण्टामा थप ३ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय १९ जना पुगेको छ ।
