१६ चैत्र २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा २६ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ९२ जनामा गरिएको नमूना परीक्षणमा २६ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा ७७ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा कसैले पनि ज्यान गुमाउनु परेकाे छैन । हालसम्म काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५१ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४६ जनामा झरेकाे छ । याे संख्या पछिल्लाे केही समय यता दिनहूँ घट्नेक्रममा रहेकाे छ ।

