नेपालमा आज ३३ संक्रमित, ८९ निको

२१  चैत्र २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा ३३  जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९ जनामा गरिएको नमूना परीक्षणमा ३३  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ८९  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो एक साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय ४२ जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आज देखि बढ्याे भाडा दर (कहाँ कति सूची सहित)
Next post निर्वाचनका लागि माओवादी केन्द्रबाट यूवा परिचालन