दुःखद खबरः ट्रक र कारकाे ठक्करबाट गए राती ४ जनाकाे मृत्यु

२८ चैत्र २०७८, झापा– गएराति बिर्तामोडको रामचौकमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुने बिर्तामोड २ बेलडाँगी निवासी ३२ वर्षिय संयम बजगाई रहेका छन् । राति ८ बजेतिर पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५६ नं. को ट्रकले विपरित दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नं. को बुलेट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बजगाई घाइते भएका थिए ।

घाइतेको बिएण्डसी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको , ट्रक र ट्रक चालक आफूहरुको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

यसैगरी नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई त्यहीँ कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याएका थिए । १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको प्रमुख प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४ संक्रमित, ४८ निको
Next post नेपालमा आज २२ संक्रमित, ४६ निको