प्रथम आदर्श कराते प्रतियोगिता २०७९ सम्पन्न (फाेटाे फिचर सहित)
३ वैशाख २०७९/सारासन्देश समाचार
झापाको दमकमा प्रथम आदर्श सितोरियो कराते प्रतियोगिता २०७९ सम्पन्न भएको छ । झापा, मोरङ्ग र इलामका १ सय ५० खेलाडी सहभागी भएको खेलमा सवै भन्दा धेरै मेडल झापाले हात पारेको छ ।
२० केजि देखि ५० केजी तौलसम्म महिला र पुरुषको खेलमा झापाले १६ स्वर्ण, १६ कास्य र २३ वटा रजत मेडल प्राप्त गरेको छ । यस्तै मोरङ्गले १ स्वर्ण, १ कास्य र ६ रजत प्राप्त गरेको छ भने इलामले १ कास्य र ४ रजत प्राप्त गरेको कराते कोच डम्बर मुखिया सुनुवारले बताउनु भयो । सुनुवारका अनुसार ग्रामिण क्षेत्रमा कराते खेलकाे विकास गर्न प्रथम पटक दमककाे दुम्सेमा अायाेजना गरिएकाे बताउनु भयाे ।
ग्रामिण क्षेत्रमा कराते खेलको विकास गर्न ३ जिल्लाको सिमावर्ती क्षेत्र दमक वडा नं. ३ को आदर्श खेल मैदानमा प्रथप पटक खेलको आयोजना गरिएको आयोजक कमिटिका सदस्य टिकाराम चाम्लिङ्गले बताउनु भयो । दमक नगरपालिका र दाताहरुको सहयोगमा आयोजना गरिएको खेलमा ८ वटा डोजो मध्ये २/२ वटा मोरङ्ग र इलाम तथा ४ वटा झापाबाट सहभागिता रहेका छन् । खेल प्रतियोगितामा पूर्वी नेपालमा लामो समय देखि कराते खेलमा लागेका प्रशिक्षकहरुको समेत उपस्थिति रहेको छ ।
खेल प्रतियोगितका लागि दमक वडा नं. ३ वडा कार्यालयबाट ५० हजार सहित देश विदेशमा रहेका दाताहरुबाट सहयोग प्राप्त भएको आयोजकले जानकारी दिएको छ ।