नेपालमा आज १२ संक्रमित, ३६ निको

४  वैशाख २०७९,काठमाडौं– नेपालमा पगत २४ घण्टामा १२ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार  ४ सय ८९ जनामा गरिएको नमूना परीक्षणमा १२  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ३६  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २ साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३ सय ७५ जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा गठबन्धनकाे टुङ्गाे लगाउन ४ सदस्यीय कार्यदल गठन
Next post निर्माण थालेको ३ दशक पछि सडकले बर्षौंको सास्ती हट्ने आशा (फाेटाे फिचर सहित)