अब नेपाल भर २९८ जना मात्र काेराेना संक्रमित

८ वैशाख २०७९,काठमाडौं– नेपालमा अव २ सय ९८ जना मात्र काेराेना संक्रमित रहेका छन् । अाज ३२ जना निकाे भएसँगै नेपालमा संक्रमितकाे संख्या ३ सय अाेरालाे झरेकाे हाे । गत २४ घण्टामा १५ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार  ५ सय ४७ जनामा गरिएको नमूना परीक्षणमा १५  जनामा संक्रमण पुष्टी भएको हो ।  यस्तै पछिल्लो २ साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या पछिल्लो समय दिनहूँ घट्नेक्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १३ संक्रमित, २५ निको
Next post नेपालमा आज १८ संक्रमित, २५ निको