२४ बैशाख २०७९/ काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा १४ कोरोना संक्रमण देखिएको छ । २ हजार ७ सय १६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । यस्तै २१ जना निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ५ जना रहेकाे छ ।
