यस बर्ष झापामा मकै उत्पादनमा गिरावट (फाेटाे फिचर सहित)

१८ जेष्ठ २०७९/डिकेश लामा

नेपालमा सवै भन्दा धेरै बार्षिक झण्डै २ लाख मेट्रिक टन मकै उत्पादन हुने झापामा यस बर्ष उत्पादनमा ह्रास आउने देखिएको छ । समयमा मल अभाव र असिना पानीको कारण बर्षेनी बढ्दै गएको उत्पादन यस बर्ष घट्ने देखिएको छ ।

झापा जिल्लामा विगत ३ बर्ष यता मकै जोन कार्याक्रम संचालन गरे पछि बर्षेनी मकै खेती बढ्दै गएको छ । गत बर्ष ४४ हजार हेक्टरमा झण्डै १ लाख ८० हजार मेट्रिन मकै उत्पादन भएको छ । तर यस बर्ष धेरै मकै असिनाले क्षति गरेको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागार विष्टले बताउनु भयो । यो बर्षको चैत्र महिनाको असिना पानीले झण्डै २ हजार ४ सय हेक्टर क्षेत्रफलको मकैबालीमा असर गरेको छ । यस्तै अगुवा वोरो धान समेत नष्ट भएको छ ।

खेती विस्तारका लागि यस बर्ष पनि मकै व्लक र हाइव्रिड मकै खेतीमा अनुदानको कार्याक्रम संचालन गरिएको छ । प्रति व्लक १० लाख रुपयाँसम्म अनुदान उपलव्ध गराइएको छ । तर मलको अभावले किसानले खेती गर्न समस्या भएको बताएका छन् ।

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले समेत किसानलाई कृषिमा अनुदानका कार्याक्रमहरु संचालन गरेको छ । तर मुख्य चाहिने मल नै नदिएकाले बृहतरुपमा खेती गर्ने कृषि सहकारी संस्थाहरु समस्या परेका छन् । झापा जिल्लामा बर्षेनी मकैको खेती बढ्दै गएको थियो । तर मलको अभाव र असिना पानीका कारण यस बर्ष भने चैते धानसँगै मकै उत्पादनमा समेत गिरावट आउने किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अब मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय
Next post भारतबाट पेट्राेल अझै बढेकाे नयाँ सूची आयाे