दमकमा व्यवसायिकरुपमा वृहत सजिवन खेती शुरु (फाेटाे फिचर सहित)

२७ जेष्ठ २०७९/डिकेश लामा

मोरिङ्गा अर्थात नेपालमा सजिवन भनेर चिनिने रुख प्रजातिको तरकारी खेती पूर्वी नेपालमा पनि थालिएको छ । भारतीय बजारबाट अधिक आयात हुने सजिवन झापाका यूवाहरुले व्यवसायिकरुपमा खेती गर्न थालेका हुन् । झापाको दमक वडा नं. ३ मा केही यूवाहरु मिलेर स्थापना गरेको कृषि फर्मले व्यवसायिकरुपमा सजिवन खेती शुरु गरेको छ । पहिलो पटक १ विगाह क्षेत्रमा थालिएको खेतीले भीरपाखामा आफै उत्पादन हु्ने सजिवन भन्दा राम्रो आम्दानी हुन सक्ने खेतीमा लाग्नु् भएका यूवा यामप्रसाद भण्डारीले बताउनु भयो ।

घरमा आफूले प्रयोग गर्न मात्र गरिने खेती पछिल्लो समय प्रदेश नम्बर एकमै व्यवसायिकरुपमा खेती हुन थालेको छ । कृषिमा नयाँ पन र कुन बालीबाट राम्रो आम्दानी हुन सक्छ भन्ने अध्ययन गरेर पछिल्लो सयम यूवाहरु झापामै व्यवसायिकरुपमा सजिवन खेतीमा लागेको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताउनु भयो । कोरोना कहरको वेला वेरोजगार बनेका ३ जना यूवाहरु मिलेर ७ विगाह क्षेत्र झण्डै ५ करोड लगानी गरेर संचालनमा ल्याएको योङहाङ्ग एग्रो फर्म प्रा.लि.ले दैनिक १० देखि १५ जनालाई रोजगारी दिँदै आएको छ । फर्मलाई एग्रो टुरिजमको रुपमा समेत विकास गर्ने ध्येयले फरक र अर्गानिक विधीबाट कृषि कार्य थालिएको फर्मका संचालक नारायण योङहाङ्गले बताउनु भयो । योङहाङ्गका अनुसार अहिले १ विगाह जमिनमा खेती लगाइएको छ । अझै खेती विस्तार गर्नेक्रम रहेको उहाँले बताउनु भयो ।

नेपालमा पछिल्लो समय यूवाहरु मिलेर फरक र छिटो आम्दानी हुने खालको कृषि व्यवसायहरु शुरु गर्न थालिएको छ सजिवन, कुरिलो, बगरमा हुने खेती जस्ता छोटो र छिटो आम्दानी हुने खेती तर्फ यूवाहरुको आकार्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १७ जना संक्रमित थपिए
Next post नेपालमा आज थप १७ जना संक्रमित