ओली सरकारले ओझेलमा पारेकाे आदिवासी रंगशालालाई प्रदेश सरकारको बजेटमा समावेश
१ असार २०७९/डिकेश लामा
पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको पालामा नामका विवादले झापाको कमल–५ मा निर्माण रोकिएको आदिवासी रंगशालामा आगामी आर्थिक बर्षका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७९÷०८० को बजेट भाषणका क्रममा प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले रंगशाला निर्माण गरिने जानकारी दिनु भएको छ । यो रंगशाला पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारले मदन भण्डारीको नाममा परिवर्तन गरेपछि स्थानीयले विरोध गरे पछि निर्माण रोकिएको थियो ।
मन्त्री आङ्बोले बहुबर्षे योजनाअन्तर्गत निमाएण हुने बताए । उनले प्रदेशले नै यो रंगशाला निर्माण गर्ने जानकारी दिए । ०६७ सादेखि निर्माण थालनाी गरिएको यो रंगशाला नाम विवादकै कारण अलपत्र भएको छ । विभिन्न आर्थिक बर्षमा गरी मदन भण्डारी रंगशालाका नाममा ५ करोड भन्दा धेरै बजेट फ्रिज भएको छ । आदिवासी रंगशालाको नाममा नभई सोही स्थानलाई अर्कै नाममा बजेट विनियोजन भएको भन्दै आदिवासी रंगशाला तथा स्मृत प्रतिष्ठानले खर्च गर्न अस्वीकार गर्दै आएको थियो । शुरुका बर्षहरुमा लाखौं रकम खर्च गरेर बनाइएको पारा फिट लगायतका केही पूर्वाधारहरु भने जिर्ण भइसकेका छन् ।
पटक पटक ओली सरकारले नामको बखडा निकालेर बजेट कटौती गरेर दमक वडा नं. ३ मा सार्ने भनिएको रंगशाला यस पटक प्रदेश सरकारले अपनत्व लिएर बहुबर्षीय योजनामा पारेकाले अव भने निर्माण होला भन्ने आशा पलाएको सो क्षेत्रका बासिन्दाले बताएका छन् । आदिबासी रंगशाला तथा स्मृति प्रतिष्ठानका महासचिव दिपेन वाला राईले प्रदेशको बजेटले मात्र यथेष्ट नहुने भए पनि प्रदेश सरकारले बहुवर्षीय योजना बनाएर बजेट पार्नुले भोलिका दिनमा संघीय सरकारले पनि बजेट विनियोजन गरेर अव भने बन्ने आशा पलाएको बताउनु भयो ।
ओलीले उहाँकै गृहनगर झापाको दमकमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि दमकको हंसेदुम्से सामुदायिक बनको २७ हेक्टर जग्गा प्रयोग गरिने गरी सर्वे समेत भईसकेको थियो । दुई बर्षमा सक्ने गरी मदनभण्डारी रंगशाला निर्माणका लागि ३ अर्व १० करोड बजेटको ठेक्का आव्हान भइसकेको थियो । तर ठेक्का प्रकृया गलत गरिकाले भएको भन्ने विवादले केही ढिला भएको वेला सरकार परिवर्तनका कारण रंगशाला निर्माण रोकिन पुगेको थियो । आगामी आर्थिक बर्षमा संघीय सरकारले यो योजनाका लागि बजेट र कार्याक्रम नै नराखे पछि दमक क्षेत्रका बासिन्दाहरु भने रंगशाला नबल्लाकि भन्ने चिन्तामा रहेको स्थानीय बासिन्दाले बताएका छन ।