नेपालमा आज थप ३४ जनामा सङ्क्रमण देखियाे
३ असार २०७९,काठमाडौं- नेपालमा आज कोरोना भाइरसको थप ३४ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार ३ हजार ६ सय १० जनामा कोरोना परीक्षण गर्दा ३४ जनामा मात्र सङ्क्रमण देखिएको हो । भारतमा पछिल्लाे समय काेराेना संक्रमण बढ्न थालेसँगै नेपालमा पनि चाैथाे लहर आउने सक्ने जाेखिम रहेकाे स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । केही दिन यता नेपालमा पनि सामन्यरूपमा संक्रमितकाे संख्या बढ्न थालेकाे छ । भारतमा संक्रमण बढ्न थालेसँगै सिमावर्ती क्षेत्रमा कडाइ र स्वास्थ्य मापदण्ड पालनामा जाेड दिनु पर्ने स्वास्थ्य मन्त्रालयले अपील गर्दै आएकाे छ । नेपालमा अाज १५ जना निकाे भएका छन् भने १ सय ४ जना सक्रिय संक्रमित रहेका छन् ।
More Stories
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई पक्राउ गर्न पुर्जी जारी
१ कार्तिक २०८१, एजेन्सी – बङ्गलादेशको एक अदालतले निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले...
दक्षिणी झापाका व्यवसायी भन्छन्ः कर तिर्ने ठाउँ देऊ, सरकारले सुनेन
१ कार्तिक २०८१/डिकेश लामा कोरोना कहर देखि बन्द भएका झापाका झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु संचालनमा नआउँदा सेवाग्राहीले राजश्व...
चाडबाड नआएकै राम्रोः दशैंले दुःखाउँछ भूटानी शरणार्थीलाई
२९ असोज २०८१/डिकेश लामा ३३ बर्ष अघि देश छाडे देखि पूर्वी नेपालको शरणार्थी शिविरमा बस्ने धेरै बृद्धबृद्धाले दशैंमा टिका लगाएका...
सडकमा १६ करोड बढीको क्षतिः यातायात सुचारु
२५ असोज २०८१/झापा असोज महिनामा आएको अविरल बर्षा र बाढीका कारण झापा तथा इलाममा सडक र पुलमा गरी १६ करोड...
विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तह विवरण सार्वजनिक (सूची सहित)
२४ असाेज २०८१, काठमाडौं–सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित गरेको छ । सरकारले विपद्...
दाेलखाकाे चरङ्गेमा बस पल्टिँदा १ जनाकाे मृत्युः ७ जना घाइते
२४ असाेज २०८१, दोलखा – काठमाडौँबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको यात्रुवाहक बस दोलखाको भीमेश्वर नगरपालिका -८ चरङ्गेमा दुर्घटना भएकाे छ...