झापाकाे पत्रकार उपचार कोषलाई शिक्षासेवी खनालबाट एक लाख ११ हजार सहयाेग

तस्वीर साैजन्यः सन्तोष न्यौपाने

४ असार २०७९, विर्तामाेड
बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२ औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गर्नु भएकाे छ ।
शनिबार आफ्नै निवासमा आयोजित संक्षिप्त कार्यक्रमका वीच शिक्षासेवी खनाल र उनकी श्रीमती बुध खनालले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकमको चेक प्रदान गर्नु भयाे ।
खनाल दम्पत्तिले गत फागुन २४ गते आफ्नो विवाहको ६० औं वर्षगाँठ समारोहमा पत्रकार सहारा उपचार कोषलाई उक्त सहयोगको घोषणा गर्नु भएकाे थियाे ।
खनाल बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयका संस्थापक हुनुहुन्थ्याे । खनालले ३२ वर्ष निजामति सेवामा रही अवकासपछि ०५३ सालमा गोमेन्द्र बहुमुखी महाविद्यालयको स्थापना गर्नु भएकाे थियाे । पूर्वमै पहिलो पटक गोमेन्द्रमा पत्रकारिता विषयको अध्ययन अध्यापन समेत सुरु भएको थियो । खनालका तीन छोरा दीपक अष्ट्रेलिया तथा रुपक र उत्तम बिर्तामोडमा अलग अलग शिक्षण संस्थाका सञ्चालक हुनुहुन्छ ।

सहयोग हस्तान्तरण समारोहमा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, सुशीला संग्रौला, कार्यसमिति सदस्य स्वस्तिका आचार्य , पत्रकार सन्तोष न्यौपाने, विजय बराल लगायतको उपस्थिति रहेकाे थियाे । त्यस्तै गणेशप्रसाद–बुध खनालका छोरा बुहारी रुपक–सरु खनाल, उत्तम–गीता खनाल लगायत खनाल परिवारको सहभागिता थियो ।
खनालले परोपकारी काम गरौं भन्ने भावनाले पत्रकारको दिगोे हितमा योगदान गर्न र अरुलाई पनि सहयोगका लागि प्रेरित गर्न सहयोग गरेकोे बताए । पत्रकारको सामाजिक सुरक्षाका लागि पत्रकार महासंघ झापाले उपचार कोषको स्थापना गरेर धेरै राम्रो काम गरेको प्रति प्रशंसा समेत गर्नु भयाे ।
कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ६० लाख रुपैयाँ रकम जम्मा भइसकेको महासंघले जनाएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज थप १४ जनामा सङ्क्रमण
Next post 1xbetin Təsisçisi İsveçrədə Müayinə Zamanı Öldü » Regionxeberlericom A