नेपालमा आज थप ३१ जनामा सङ्क्रमण

८ असार २०७९,काठमाडौं- नेपालमा आज कोरोना भाइरसको थप ३१ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार २ हजार ४ सय २५ जनामा कोरोना परीक्षण गर्दा ३१ जनामा मात्र सङ्क्रमण देखिएको हो । भारतमा पछिल्लाे समय काेराेना संक्रमण बढ्न थालेसँगै नेपालमा पनि चाैथाे लहर आउने सक्ने जाेखिम रहेकाे स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । केही दिन यता नेपालमा पनि सामन्यरूपमा संक्रमितकाे संख्या बढ्न थालेकाे छ ।  भारतमा संक्रमण बढ्न थालेसँगै सिमावर्ती क्षेत्रमा कडाइ र स्वास्थ्य मापदण्ड पालनामा जाेड दिनु पर्ने स्वास्थ्य मन्त्रालयले अपील गर्दै आएकाे छ । नेपालमा अाज १० जना निकाे भएका छन् भने १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । याे संख्या पुनः बढ्न थालेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पेट्रोलियम पदार्थको मूल्य सरकारकाे काबु बाहिर : मन्त्री बडू
Next post नागरिकता विधेयक अगाडि बढाइने