अपाङ्ग भुटानी शरणार्थीलाई अमेरिकी भूटानी सुवेदी परिवारको सहयोग

९ असार २०७९/सारासन्देश समाचार

भुटानी शरणार्थी अपाङ्ग संघलाई अमेरिकामा बस्ने मेक सुवेदीले त्रैमासिक रूपमा सहयोग गर्ने भएका छन् । भुटानी शरणार्थी शिविर बेल्डाँगी–१ बाट पुनर्वास भएका सुवेदीले संघलाई त्रैमासिक रूपमा एक हजार अमेरिकी डलर सहयोग गर्न सुरु गरेका हुन् ।

अमेरिकमा सिजल एण्ड सिस्टर्स एलएलसी प्रालि मार्फत सुवेदी परिवारले अपाङ्गता भएका भुटानी शरणार्थीको हितका लागि नेपाली रुपयाँ बर्तमान मुल्यमा झण्डै १ लाख २० हजार रुपयाँ सहयोग गर्न सुरु गरेका छन् । ६ महिना देखि सहयोग गर्दै आएका सुवेदी परिवारले दुईपटक रकम पठाइसकेको भुटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष देवीमाय गुरुङले जानकारी दिनु भयो । सुवेदीले पठाएको रकमले संघको कार्यालयमा रहेका दुई कर्मचारीको सेवा सुविधा र कार्यालय सञ्चालन खर्च गरिरहेको उहाँले बताउनु भयो । दातृ निकायले छाडेपछि अप्ठेरोमा परेका असाहय भूटानी शरणार्थीलाई सुवेदी परिवारको सहयोगले शीप विकास र जिविकोपार्जनमा ठूलो टेवा पुगेको उहाँले जानकारी दिनु भयो ।

संघले हालसम्म अपाङ्गता भएका भुटानी शरणार्थीको जीवन निर्वाहका लागि काम गरिरहेको छ । ‘हामीले अपाङ्गता भएका भुटानी शरणार्थी र तीनको परिवारको जीविकोपार्जनमा काम गरिरहेका छौँ । हामीले मुडा, गुडिया, टेलरिङ र हाते सामान उत्पादनको काम गरिरहेका छौँ,’ गुरुङ्गले बताउनु भयो, ‘यसको व्यवस्थापनका लागि कर्मचारी आवश्यक पर्छ । कर्मचारी पाल्न हामीसँग स्रोत थिएन । मेक सुवेदीले पठाएको सहयोगले ठूलो राहत मिलेको भन्दै सुवेदी परिवारको सहयोग प्रति अपाङ्ग संघ धेरै आभारी भएको उहाँले बताउनु भयो ।

शिविरमा हाल ४ सय २१ जना अपाङ्ता भएका शरणार्थी छन् । शारीरिकरुपमा असक्तहरु शिविर बाहिर गएर काम पनि गर्न सक्दैनन् । दातृ निकायले छाडेपछि अपाङ्गता भएका भुटानी शरणार्थीको बिजोग अवस्था छ । शिविरमै रोजगारी दिने उद्देश्यले संघले रोजगारमूलक कार्यक्रम चलाउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज थप ४९ जनामा सङ्क्रमण
Next post दमकको १ अर्व ६३ करोडको नयाँ बजेट (फाेटाे फिचर सहित)