२२ असार २०७९,काठमाडौं- नेपालमा पुन काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप १ सय १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७ सय २४ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । एक साता यता भाइरस संक्रमण संख्या केही बढ्न थालेकाे छ ।
सो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ७१ पुगेकाे छ । याे संख्या हिजाे भन्दा ७० जना धेरै हाे । अाज २० जना निकाे भएका छन् ।
