२७ असार २०७९,काठमाडौं- नेपालमा पुन काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप १ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार २० जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । एक साता यता भाइरस संक्रमण संख्या केही बढ्न थालेकाे छ ।
सो अवधिमा ३७ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ७० पुगेकाे छ ।
