३० असार २०७९,काठमाडौं- नेपालमा पछिल्लाे समय काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ८ सय ४४ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ ।
सो अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ७१ पुगेकाे छ ।
