२ साउन २०७९,काठमाडौं- नेपालमा पछिल्लाे समय काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ६ सय ५१ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ ।

सो अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् ।  हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय ७६ पुगेकाे छ । यसैगरी नेपालमा अाज लामाे समय पछि काेराेना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे छ । हालसम्म नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५४ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *