नेपालमा आज ३९१ जना संक्रमित थपिदाँ ४६ जना निकाे

४ साउन २०७९,काठमाडौं- नेपालमा पछिल्लाे समय काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९ सय ८१ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ ।

सो अवधिमा ४६ जना सङ्क्रमणमुक्त भएका छन् ।  हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ७६ पुगेकाे छ । हालसम्म नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५४ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post Скачать приложение Mostbet для Android APK и iOS в 1 клик 202
Next post दमकको बजेट एमालेका कारण नरोकिएको दावी