९ साउन २०७९/सारासन्देश समाचार
झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा आज एउटा मारुती भेन भित्र काठ सहित पक्राउ गरिएको छ । मे १ च ११६४ नम्बरको मारुती भेन भित्र लगाएर काठ तस्कर हुँदै आएको सूचनाको आधारमा गैंडे सामुदायिक बनका कर्मचारीले पक्राउ गरी बन कार्यलयमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
साँखु जातको ४० क्यूफिट चिरानी काठ बरामद भएको सामुदायिक बनले जानकारी दिएको छ । पछिल्लो समय चुरे क्षेत्रका सामुदायिक बनका लुकिछिपी तस्करी हुने कार्य नियन्त्रण हुनुका सट्टा थप बढ्दै गएको छ ।
