नेपालमा आज ९१२ नयाँ संक्रमित थपिएः १ जनाकाे मृत्यु

२० साउन २०७९,काठमाडौं- पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ९ सय १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ४ सय ९१ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ३ सय ७० जना सङ्क्रमणमुक्त भएका छन् ।  हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ७ सय ६० पुगेकाे छ । यसैगरी काेराेनाका कारण आज एक जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ७० जना पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रतिनिधि र प्रदेशसभा सदस्यकाे निर्वाचन आगामी मंसीर ४ गते हुनेः यस पटक झण्डै १० लाख मतदाता बढ्ने
Next post जंगली हात्तीको आतंकः मानव र हात्तीबीच द्वन्द्व बढ्दै, गएकाे बर्ष ५ जना मानिस र २ वटा हात्तीकाे मृत्यु