नेपालमा आज एकै दिन १ हजार बढी संक्रमितः २ जनाकाे मृत्यु

२४ साउन २०७९,काठमाडौं- पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप १ हजार  ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ३ सय जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ४ सय ३८ जना सङ्क्रमणमुक्त भएका छन् ।  हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ६ पुगेकाे छ । यसैगरी आज २ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ७४ जना पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post Мостбет: бонусы на первый депозит и лучшие ставки на спор
Next post अाेली सरकारले फेरेकाे आदिवासी तथा जनजातीकाे नामका याेजनालाई पुरानै नाममा प्राथमिकता दिइने