२६ साउन २०७९,काठमाडौं- नेपालमा आज एकै दिन काेराेना भाइरस संक्रमणका कारण ५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ८२ जना पुगेकाे छ । पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेसँगै मृत्यु हुनेकाे संख्या पनि बढेकाे हाे । पछिल्लो २४ घण्टामा थप ८ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ५ सय ३४ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ४ सय ७६ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ६९ पुगेकाे छ ।
