२ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ९ सय ३० जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ४ सय २१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भएको छैन ।
