९ भदाै २०७९,काठमाडौँ — सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलमा दलहरूले आ–आफ्ना पार्टीका लागि सिटको दाबी पेश गरेका छन् । आज साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा दलहरूले आ–आफ्नो पेस गरेका हुन् । जसमा ५ वटा पार्टीले २ सय ७७ वटा सीटकाे दावी गरेका छन् । तर देशभर प्रतिनिधिसभा सदस्यका लागि १६५ क्षेत्रमात्रै छन् । बैठकमा नेपाली कांग्रेसले १ सय सिटमा दाबी पेस गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेका छन् ।
