१६ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५ सय ५७ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या केही घट्न थालेकाे छ । सो अवधिमा २ सय १५ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा पछिल्लाे समय सक्रीय संक्रमितकाे संख्या ३ हजार १ सय ९४ रहेकाे छ । यसैगरी पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका कारणा १ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १२ हजार २ जना पुगेकाे छ ।
