२४ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार २ सय ९४ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या केही घट्न थालेकाे छ । सो अवधिमा १ सय ३३ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा पछिल्लाे समय सक्रीय संक्रमितकाे संख्या २ हजार ४ सय ४८ रहेकाे छ । यसैगरी पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका कारण २ जनाकाे मृत्यु भएकाे छ । नेपालमा काेराेनाका कारण हालसम्म मृत्यु हुनेकाे संख्या १२ हजार १२ जना पुगेकाे छ ।
