नेपालमा आज ३९० डिस्चार्ज, २७० संक्रमित

२ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ३ सय ९० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६० हजार ५ सय ६७ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ । याे दर एक साता यता झण्डै १ प्रतिशत बृद्धि हाे । यस्तै आज नेपालमा थप २ सय ७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ८४ जनाको गरिएको पीसीआर परीक्षणमा २७० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै प्रदेश नम्बर एकमा आज एक जनामा मात्र संक्रमण पुष्टी भएकाे सामाजिक विकास मन्त्रालयले उल्लेख्य गरेकाे छ ।

यस्तै आज कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ४८ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश
Next post नेपालमा कोरोना विरुद्ध ‘कोभिसिल्ड’ खोपलाई अनुमतिःआइतबार देखि भारतमा लगाउन थालिने