नेपालमा काेराेना घट्दैः आज ५९ जना संक्रमित

२ असाेज २०७९,काठमाडौं- पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ । २ हजार ८ सय ८२ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लाे २४ घण्टामा १ सय ६१ सङ्क्रमणमुक्त भएका छन् । यसैगरी देशभर काेराेना संक्रमितकाे संख्या १ हजार ८ सय ३० जना रहेकाे छ । पछिल्लाे २४ घण्टामा कसैले पनि ज्यान गुमाउनु परेकाे छैन । नेपालमा हालसम्म १२ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post Mostbet Yukle Azerbaycan APK: Indir & Downlo
Next post झापामा बर्षेनी ३ सय धेरैको आत्माहत्याः न्यूनिकरणका लागि सचेतना