खुकुरी प्रहारबाट भूटानी शरणार्थी एलबीको मृत्यु

५ असोज २०७९/सारासन्देश समाचार
झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीका एक यूवाको खुकुरी प्रहारबाट मृत्यु भएको छ । वेलडाँगी शिविरमा बसोवास गर्दै आएका एलबी गुरुङ नामले चिनिने ४६ बर्षीय लालबहादुर गुरुङलाई झापा र इलामको सिमा क्षेत्र रतुवाखोलाको पुलमा आज अपरान्ह साढे ४ बजे तिर धारिलो हतियार प्रहार गरिएको छ । गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेकाले उपचारकोक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । चुलाचुली र दमकबीचकाे झाेलुङे पुलबाट प्रहरी उठाएर लाइफलाइन अस्पताल पुर्रयाइएका गुरूङलाइ विर्तामाेड स्थित वीएनसी अस्पतालमा उपचारकाेक्रममा मृत्यु भएकाे बताइएकाे छ ।
गुरुङ यस अघि पटक पटक जेल सजाय भोगेर केही समय अघि शरणार्थी शिविरमा आएका थिए । गुरुङ चुलाचुली क्षेत्रका यूवाहरुसँग झगडा गर्न त्यस तर्फ गएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । गुरुङको हात र खुट्टामा गहिरो चोट लागेको घटना स्थलमा पुगेका शरणार्थी सुरक्षार्थ खटिएको शसस्त्र प्रहरी सुरक्षा वेश वेलडाँगीले जानकारी दिएको छ । मृतक गुरूङकाे श्रीमति र एक जना छाेरा रहेकाे उहाँकाे छिमेकीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सर्पकाे ढसाइबाट झापामा एक महिलाकाे मृत्यु
Next post अशक्त शरणार्थीलाई सहयोगःबोन म्यारो पीडित विरामीलाई सहयोग गर्न अपील(फाेटाे फिचर)