३ जना नेपालीमा वेलायती नयाँ भाइरस संक्रमण फेला

५ माघ २०७७, काठमाडौं– वेलायतमा देखा परेकाे नयाँ प्रजातिकाे भाइरस वेलायतबाट नेपाल फर्किएका ३ जना नेपालीमा देखा परेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रलायलले जानकारी दिएकाे छ । यस्तै आज नेपालमा थप ३ सय २२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ३ सय ६ जनाको गरिएको पीसीआर परीक्षणमा ३ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा गत २४ घण्टामा ३ सय ७४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६१ हजार ८ सय १८ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ६५ रहेको छ ।

यसैगरी आज माेरङ, झापा र सुनसरीका गरी १२ जनामा प्रदेश नम्बर एकमा संक्रमण देखा परेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाकाे सुनवाइ आजदेखि निरन्तर हुने
Next post प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मङ्गलबार पनि