२१ असाेज २०७९,काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज ११ जनामा सङ्क्रमण पुष्टि भएको छ । ७ सय ६८ जनाकाे नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लाे २४ घण्टामा ६८ जना सङ्क्रमणमुक्त भएका छन् । यसैगरी देशभर काेराेना संक्रमितकाे संख्या ६ सय २८ जनामा झरेकाे छ ।
