युक्रेनसँगकाे लडाई फिर्ता लिन रुसलाई आग्रहः यूक्रेनको पक्षमा नेपालको मतदान

२७ असाेज २०७९,काठमाण्डाैं–संयुक्त राष्ट्रसङ्घको साधारणसभामा १ सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।

नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १ सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका छन् ।

उक्त प्रस्तावमा भनिएको छ,– ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’

उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ । रूस र यूक्रेनबीच ६ महिना यता देखि लडाई चल्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अवैध कपडा र मानिस सहित काठ बरामद
Next post सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने