२ कार्तिक २०७९/झापा
झाापाको गौरादह नगर पालिका वडा नं. ८ मा पेस्तोलको गोली लागी एक जनाको हत्या भएको छ । अन्दाजी ३५ बर्षीय विरन शाहले सामान्य विवाद हुँदा आफ्दै भतिज बर्ष १५ का हेमराज शाहलाई ढाडमा गोली हानेका छन् । भजितलाई गोली हानेको केही समय पछि घर देखि एक सय मिटर उत्तर सुकुना खोलामा कन्चटमा गोली लागेको अवस्थामा काका विरेनको लाश भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । घाइते शाहको लाईफ लाईन अस्पतालमा उपचार हुन नसके पछि विर्तामोडमा रहेको विएण्डसी अस्पताल पठाइएको छ ।
घटना स्थलबाट चाइनिज गोली लाग्ने घरेलु प्रविधिको एक थान पेस्तोल, गोलीको खोका र १४ राउण्ड गोली समेत फेला परेको प्रहरीले जानकारी दिएको छ । घटना स्थललाई घेरा हाली थप अनुसन्धान भइरहेको बताइएको छ ।
