स्वदेशमै सफल बन्दै विदेशबाट फर्किएका यूवाहरु

४ कार्तिक २०७९/डिकेश लामा

विदेशबाट फर्किएका यूवाले स्वदेशमै स्वरोजगार बन्न पशुपालनलाई व्यवसायिकीकरण गर्दै लान थालेका छन् । झापाको गौरादह क्षेत्रका यूवाहरुले पशुपालनबाट राम्रो आम्दानीसँगै रोजगारी समेत सृजना गरेका छन् । झापाको गौरादह नगरपालिका वडा नं. ७ मा १५ बर्ष विदेशमा वसेर फर्किएका सरोज वस्तीले पशुपालनबाट राम्रो आम्दानी गर्न सफल बन्नु भएको छ । विदेशमा एक लाख रुपयाँको तलव छाडेर स्वदेश फर्कनु भएका यूवाले आफू मात्रै नभएर अरुलाई रोजगारी दिन समेत सफल बन्नु भएको उहाँले बताउनु भयो । उहाँका अनुसार मेहनेत गर्न सक्दा विदेशमा भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।
पछिल्लो २ बर्ष यता कोरोना कहरले यूवाहरुलाई स्वदेशमै केही गर्न प्ररित गरेको छ । आफ्नै भूमिमा केही गर्छाैं भन्ने यूवलाई लक्षित गरी सरकारले अनुदानको कार्याक्रम समेत संचालनमा ल्याएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताउनु भयो । उहाँका अनुसार यस बर्ष पनि ३० लाख रुपयाँ अनुदानका लागि छुट्याइएको छ । त्यसका लागि च्याउ, माहुरी र बाख्रा पालन लगायतमा निवेदन माग भएका छन् । यूवाहरुको योजना अनुसार कृषि व्यवसाय प्रवर्धनका लागि १ लाख रुपयाँ प्रति व्यक्ति अनुदान दिन सकिने उहाँले बताउनु भयो ।

यस्तै गौरादहका अर्का यूवा वैदिन्द्र खुलाल ८ बर्ष विदेशमा बसेर स्वदेश फर्कनु भयो । घरमा आएर वोयर बाख्रा पालन थाल्नु भएको उहाँले अहिले गाऊँ घरमै उन्नत जातका बाख्रा पालन गर्नु पर्छ भन्ने प्रेरणाको स्रोत बन्न सफल हुनु भएको छ । पछिल्लो समय यूवाहरु पशुपालनमा लागे पछि पराम्परागत तरिकालाई आधुनिकीकरणमा लान थालेका छन् । नश्ल सुधारमा जोड दिँदै मेशिनबाट घाँस, दाना निर्माण देखि दुध दुहुने कार्य समेत गर्न थाले पछि यूवा पूस्ताहरु आकार्षित बन्दै गएको उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५४ जनामा संक्रमण
Next post आजदेखि यम पञ्चक सुरुःभाइटीकाकाे उतम साइत १० गते ११:३७ बजे