फेरि पनि लिङदेन र सिटौलाकै प्रतिष्पर्धाः कसले मार्ला बाजी?
३० कार्तिक २०७९,झापा–झापाको निर्वाचन क्षेत्र नं. ३ को चुनावी सरगर्मीलाई मतदाताले समेत निक्कै चासो दिन थालेका छन् । यस अघि २०७४ कै मुख्य प्रतिष्पर्धीबीच फेरि पनि भिडन्त हुने भए पछि यस पटक चुनाव पनि रोचक बनेको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ३ मा २०७४ कै प्रतिस्पर्धीहरुबीच यस पटक पनि कडा प्रतिष्पर्धा हुने भएको छ । २०७४ मा नेपाली काँग्रेशका तर्फबाट एक्लै निर्वाचनमा उठ्नु भएको कृष्णप्रसाद सिटौला राप्रपाका राजेन्द्र लिङदेनसँग झण्डै साढे १३ हजार मतान्तरले पराजय भोग्नु परेको थियो । तर यो पटक भने गठबन्धन फेरिएकाले आफूले निर्वाचन जित्ने सिटौलाको दावी छ । उहाँको अनुसार बर्तमान एमालेसँगको गठबन्धन अलोकतान्त्रिक र राजबादी दल भएकाले लामो समय पछि प्राप्त भएको उपलव्धी स्थायी गर्न पनि आफूलाई मत दिने उहाँले बताउनु भयो ।
यस्तै यो पटक पनि एमाललेको साथ पाएको राप्रपाले चुनाव नजिकिएसँगै चुनावी प्रचारप्रसारलाई तिव्रता दिएको छ । तर यस यसपटक एमाले र राप्रपाको तालमेल विरुद्ध सत्तारुढ कांग्रेस–माओवादी गठबन्धन छ । यस्तै एमालेका स्थानीय क्षेत्रमा चिनिएका हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीले नै एमाले पार्टीबाट बाहिरिएर स्वतन्त्र उम्मेद्वारको नामबाट बागी उम्मेद्वारी दिएका छन् । तथापि लिङदेनले भने पुन यस पटक पनि आफू विजयी हुने दावी गर्नु हुन्छ । उहाँका अनुसार बागी उम्मेद्वारले खासै प्रभाव नपार्ने बताउनु भयो । यस्तै यस अघिको मत र भ्रष्टचार रहित समाज निर्माणका लागि आफूले चुनाव जित्ने बताउनु भयो । झापा निर्वाचन क्षेत्र नं. ३ मा यो पटक अघिल्लो २०७४ सालकाे निर्वाचन भन्दा झण्डै १९ हजार बढी मतदाता थपिएका छन् । प्रतिनिधिसभा सदस्यमा १८ जनाको उम्मेद्वारी दर्ता भए पनि मुख्य प्रतिष्पर्धा भने लिङदेन र सिटौलाबीच नै हुने निष्चित छ । कसको पोल्टामा नतिजा पर्छ भन्ने कुराको छिनोफानो आगामी मंसीर ४ पछिको परिणामले टुङ्गो लगाउने छ ।