झापाको प्ररम्भिक मत परिणाम : एमाले तीन र कांग्रेस/राप्रपा एक/एक स्थानमा अगाडि

६ मंसिर २०७९/ झापा

झापाको प्रारम्भिक मत परिणामअनुसार एमाले झापामा अगाडि देखिएको छ । प्रारम्भिक मत परिणामअनुसार पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा एमालेले तीन निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । यद्यपि मतगणना भने जारी छ । कांग्रेस र राप्रपाले एक/एक निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । झापा क्षेत्र नम्बर १ मा कांग्रेसका विश्वप्रकाश शर्माले अग्रता लसएका छन् । यो निर्वाचन क्षेत्रमा एमालेका अग्नी खरेल पछि परेका छन् । शर्मा यसअघि ०७० र ०७४ को निर्वाचनमा यहाँबाट पराजित भएका थिए । झापा-२ एमालेका देवराज घिमिरे अगाडि छन् । झापा-३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् भने झपा-५ मा एमालेका एलपी सावाँले अग्रता लिएका छन् । झापा-४ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रता लिएका छन् । उनलाई कांग्रेसका डा. खगेन्द्र अधिकारीले पछ्याइरहेका छन् ।

देशभरको नतिजा हेर्ने हो भने कांग्रेस अगाडि देखिन्छ । हालसम्म कांग्रेसले तीन निर्वाचन क्षेत्रमा जीत निकालेको छ भने ४७ ठाउँमा अग्रता कायम गरेको छ । एमालेले एक स्थानमा जित निकालेको छ भने ३७ ठाउँमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ । माओवादीले १७ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ स्थानमा अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post 1XBET APP 1xbet Mobile ᐉ Cкачать приложение 1xBet APK Андроид & Айфон ᐉ md-1xbet co
Next post झापा ५ बाट एमाले अध्यक्ष ओली विजयी