सुनसरी १ मा अशाेक राई विजयी

१२ मंसिर, धरान – सुनसरी १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित हुनु भएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएकाे हाे ।

उहाँले १७ हजार ५९ मत प्राप्त गर्दा तामाङले १६ हजार ६ सय ६ मत ल्याउनु भएकाे छ ।  माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो स्थानमा रहनु भएकाे छ । याे सँगै ४ वटा निर्वाचन क्षेत्र रहेकाे सुनसरीमा २ मा  एमालेका भिमप्रसाद आचार्य ३२ हजार २४ मतले विजयी बन्नु भएकाे छ । उहाँकाे निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेशका सिताराम महताेले २६ हजार ६८ मत भएकाे छ । यस्तै क्षेत्र नं. ३ मा एमाले र ४ मा काँग्रेशकाे अग्रता रहेकाे भए पनि विवादका कारण अन्तिम परिणाम भने घाेषणा हुन सकेकाे छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जर्मनी र स्पेन एक/एक गाेलमा बराबरी
Next post Casino Slots kostenlos spielen auf Jackpot d