स्वबलम्बी बन्दै भूटानी शरणार्थी

१२ माघ २०७७/डिकेश लामा

दातृ निकायको राहत समेत कटौती भए पछि शरणार्थीहरुलाई पछिल्लो समय स्वबलम्बी बनाउने कार्यको थालनी गरिएको छ । २८ बर्ष देखि पूर्वी नेपालमा बसोवास गर्दै आएका भूटानी शरणार्थीलाई दातृ निकायले छाड्दै लान थाले पछि उनीहरुलाई शीप सिकाएर उद्यम तर्फ लगाउन थालिएको हो ।

पछिल्लो समय पूर्वी नेपालको झापा र मोरङ्गमा बसोवास गर्दै आएका भूटानी शरणार्थीलाई दातृ निकायले दिने राहतहरु कटौती गरिएको छ । तर उनीहरुलाई रुची अनुसारको शीप सिकाएर जिविकोपार्जन गर्ने उद्यममा भने लगाउन थालिएको छ ।

अहिले शरणार्थी शिविरमा मुढा बुन्ने, अचार उत्पादन, च्याउ खेती, मौरी पालन, ढाका उत्पादन, सिलाई कटाई जस्ता शीपहरु सिकाएर शरणार्थीलाई जिविकोपार्जन गर्ने उपायको खोजी गर्न थालिएको छ । तर सानो लगानी र बजारको अभावमा व्यवसायको भरले मात्र जिविकोपार्जनमा समस्या भएको उनीहरुले बताएका छन् ।

शरणार्थी शिविरमा बाँकी रहेका धेरै जसो अपाङ, असक्त र जोखिममा रहेको बालबालिका तथा बृद्धबृद्धाहरु छन् । दातृ निकायले रेखदेखबाट हात निकाल्दै बाहिरिन थाले पछि तेस्रो मुलुकमा रहेका भूटानीहरुले पठाएको सहयोगबाट कतिपय जोखिममा रहेकाहरुको रेखदेख गर्दै आएको शरणार्थी शिविर व्यवस्थापन समितिका सचीव कृष्णबहादुर सुव्बाले बताउनु भयो ।

२८ बर्ष देखि पूर्वी नेपालमा बसोबास गर्दै आएका १ लाख ७ हजार संख्या रहेको भूटानी शरणार्थी तेस्रो मुलुक पुनर्वास पछि हाल आएर ६ हजार हाराहारीमा बाँकी रहेका छन् । उनीहरुको रेखदेखमा सहयोग गर्दै आएको दातृ निकाय समेत बाहिरिन थाले पछि एक्लिएका अपाङ्ग, बृद्धबृद्धा र बालबालिकामा समस्या हुन थालेको उनीहरुले गुनासो पोखेका छन् ।

नेपाल टेलिभिजन इटहरी च्यानलमा प्रसारित भिडियाे रिर्पाेट हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस्र ।

https://www.facebook.com/116387043550730/videos/704858900204167

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा गत २४ घण्टामा ४०१ निकाे, ३३९ संक्रमित
Next post भन्सार छलिका ३ करोड बढी मुल्यका सामान बरामद