भारतलाई आफूखुशी महाकाली नदीमा तटबन्ध नबनाउन कुटनीतिक नोट

२१ मंसीर २०७९,काठमाडौं- नेपाल सरकारले महाकाली नदीमा आफूखुशी तटबन्ध नबनाउन भारतलाई कूटनीतिक नोट पठाएको छ । दार्चुलाको सिमा क्षेत्रमा पर्ने महाकाली नदीको धार परिवर्तन गर्ने गरी भारतले एकतर्फी रुपमा तटबन्ध बनाउन लागेपछि परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावासमार्फत कुटनीतिक नोट पठाएर पठाएकाे हाे ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एकतर्फी रुपमा निर्माण भइरहेको तटबन्ध निर्माण रोक्न र त्यसैको बहानामा नेपाली नागरिकहरु माथि भएको ज्यादतीलाई लिएर कुटनीतिक नोट पठाएको जानकारी दिनुभयो ।

कूटनीतिक नोटमा नेपालले भारतलाई महाकालीमा एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण कार्य रोक्न, सीमाक्षेत्रमा निर्माण कार्य गर्दा नेपालसँग पनि सहमति लिन र सीमा क्षेत्रमा शान्ति व्यवस्था खलबलिने गरी कुनै किसिमका क्रियाकलाप नगर्न सचेत रहनुपर्ने विषय उल्लेख गरिएकाे छ ।

दार्चुलाको सीमा क्षेत्रमा महाकाली नदीले भारतीय पक्षले तटबन्ध बनाउन सुरु गरेपछि केहिदिन अघि त्यसको विरोध गरेका नेपालीहरु माथि भएको ढूङ्गा प्रहारबाट केहि घाइते समेत भएका थिए । घटनाबारे गृहमन्त्रालयले तयार पारेको स्थलगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएपछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पुल मुनी अर्को पुलः पुलमा हिडेको पैसा कहिलेसम्म? (फाेटाे फिचर)
Next post जहाजमा चील ठाेकिन्दा जहाजमा क्षति, सकुशल अवरण