विश्व मानव अधिकार दिवशः स्वदेश फर्कन भूटानी शरणार्थीको माग (फाेटाे फिचर)

२४ मंसीर २०७९/डिकेश लामा

३ दशक देखि घर फर्कने आशामा वसेका भूटानी शरणार्थीले मानव अधिकारको सम्मान गर्न माग गरेका छन् । विश्व मानव अधिकार दिवशको अवसरमा आज पूर्वी नेपालमा बसोवास गर्दै आएका भूटानी शरणार्थीले मानव अधिकार अन्तर्गत घर फर्कन पाउने अधिकारको सुनिश्चित गर्न माग गरेका हुन् । भूटानी जेष्ठ नागरिक स्वदेश फिर्ती समितिले आज व्यानर र प्ले कार्ड प्रदर्शन गर्दैै शरणार्थीको स्वदेश फर्कन पाउने अधिकार पुरा गर्न सरकारवाला राष्ट्र र मानव अधिकारवादी संघसंस्थाले पहल गरिदिन माग गरेको छन् । जसरी हुन्छ आफ्नो देश फर्कन चाहाने भूटानी शरणार्थीलाई ससम्मान घर फर्काउन सहयोग गर्नु पर्ने जेष्ठ नागरिकका अगुवा लिलाधर आचार्यले बताउनु भयो ।

यसैगरी भूटान स्वतन्त्र जन मन्चले आजै प्रधानमन्त्री शेरवहादुर देउवालाई ज्ञापन पत्र पठाएका छन् । विश्व मानव अधिकार दिवशको अवसर पारेर प्रधानमन्त्री देउवालाई इमेल मार्फत स्वदेश फिर्तीको अधिकारी सुनिश्चित गर्न माग राख्दै पत्र पठाइएको मञ्चका महासचिव धनविर सुब्बाले बताउनु भयो । सुव्बाले दिएको जानकारी अनुसार शिविरमा रहेका ६ हजार ५ सय शरणार्थी मध्ये अझै धेरै स्वदेश फर्कन पाउने आशामा बसेका छन् । उनीहरुलाई तत्काल मानवअधिकार सम्बन्धीका उच्च निकाय, यूएनएचसीआर लगायत जिम्मेवार राष्ट्रले चासो दिएर स्वदेश फर्कन पाउने अधिकारको रक्षा गर्न माग गरिएको छ ।

यस अघि शरणार्थी समस्या समाधान गर्न ल्याइएका ३ विकल्प मध्ये तेस्रो देश स्थानान्तरण मात्र पुरा गरेको छ । स्वदेश फिर्ती र स्थानीयकरणका मुद्धा भने ओझेलमा परेको पत्रमा उल्लेख्य गरिएको छ । तेस्रो मुलुक पूनर्वास प्रकृयाबाट अमेरिका लगायतका विश्वका ८ वटा विकसित मुलुकमा १ लाख १५ हजार बढी भूटानी शरणार्थीहरु तेस्रो मुलुक पूनर्वास भइसकेका छन् । तेस्राे मुलुक जानबाट राेकिएकाहरू पारिवारिक विखण्डनमा परेकाे उनीहरूले गुनासाे गर्दै अाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकले थाल्यो विधालय शिक्षा सुधार कार्याक्रम (फाेटाे फिचर)
Next post मुख्य राजनैतिक दलले लगाए समानुपातिक सांसद टुंगो