भूटानी शरणार्थीका अगुवा राई तेस्रो देश पुनर्वास (भिडियाे कथा)

२६ मंसिर २०७९/डिकेश लामा
झापाको भूटानी शरणार्थी शिविरमा ३ दशक देखि सामाजिक क्षेत्रमा कार्यरत शरणार्थी अगुवा युवराज साङपाङ राई अष्टे«लिया पूनर्वास हुनु भएको छ । फेन्स क्लव भूटानका अध्यक्ष तथा पूर्व शिविर सचीव राई सहित उहाँको परिवार आज पूनर्वास हुनु भएको छ । २ दिन अघि शरणार्थी शिविरबाट तेस्रो देशका लागि शिविर छाडेका राईका परिवारले काठमाण्डौंबाट आज मात्र अष्टेलिया प्रस्थान गर्नु भएको हो । सन् २००७ देखि शुरु भएको पूनर्वास प्रकृया रोकिएको लामो समय पछि उनीहरुको हालै आएर मात्र स्थानान्तरण भएको हो ।


नेपाली भाषी भूटानीहरु शरणार्थी जिवन विताउँदै गर्दा पनि खेल क्षेत्रमा भने भूटान देशको नाम उच्च राख्दै आएका छन् । भूटान देशको नामबाट उनीहरुले दर्जनौ खेल खेलेका छन् । २ वटा अन्तराष्ट्रिय खेल समेतको विजता बनेको क्लवका अध्यक्ष राईले बताउनु भयो । खेल क्षेत्रको विकासमा आफू तेस्रो मुलुक पुगे पनि सहयोग गर्ने उहाँले बताउनु भएको छ ।
यस्तै राईकी श्रीमति देवीमाया गुरुङ्ग भूटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष हुनु हुन्छ । उहाँले ३ दशकको शरणार्थी विजनमा अशक्त तथा अपाङ्गहरुको रेखदेख गर्दै आउनु भएको थियो । उहाँलाई शरणार्थी शिविर छाड्नु १ दिन अघि भूटान करोत एशोशियसन र किरात माङहिमले एक औपचारिक कार्याक्रमबीच सम्मान समेत गरेको छ ।


सामाजिक अगुवाहरुले शिविर छाड्दा शिविरमा समस्या आउने शरणार्थीहरुले बताएका छन् । तेस्रो मुलुक पूनर्वास पछि पछिल्लो समय ६ हजार ५ सय हाराहारीमा मात्र भूटानी शरणार्थीहरु पूर्वी नेपालको २ वटा शिविरमा बस्दै आएका छन् भने अमेरिका सहितका अन्य ८ वटा मुलुकमा १ लाख १५ हजार भूटानीहरु पूनर्वास भइसकेका छन् ।
कोही अमेरिका त कोही भूटान अनि कोही अझै शरणार्थी शिविरको छाप्रा भित्र बस्न बाध्य रहेका नेपाली भाषी भूटानीको दिर्घकालिन समाधान कहिले होला? सरोकारवाला निकाय र देशलाई भूटानीको प्रश्न ३ दशक देखि जारी रहे पनि अझै सुनवाई हुन सकेको छैन ।  तसर्थ बाँकी रहेका भूटानी शरणार्थीको विषयमा सरोकारवाला निकायहरुले गम्भीरतापूर्वक ध्यान दिनु पर्ने शरणार्थी अगुवाहरुको माग रहेकाे छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हिंसा विरुद्ध लड्न सफल दमकका ढेड दर्जन महिलालाई सम्मान
Next post झापामा पशुपालन व्यवसायमा यूवाको आकार्षण बढ्दै (फाेटाे फिचर)