भूटानी शरणार्थी संग्राहलय बनाउन छलफल

९ पौष २०७९,सारासन्देश समाचार
पूर्वी नेपालमा ३ दशक देखि बसोबास गर्दै आएका भूटानी शरणार्थीहरुको संग्रालय निर्माण गर्ने योजनामा जोड दिइएको छ । ७ वटा शरणार्थी शिविर मध्ये तेस्रो मुलुक पूनर्वासले गर्दा २ वटामा थोरै संख्यामा सिमित बनेका शरणार्थीको लामो इतिहासलाई जिवित राख्न हंसेदुम्से सामुदायिक बनमा आज राजनैतिक अगुवा सहित बनका कर्मचारीबीच छलफल भएको छ ।


छलफलमा यस अघि संग्रालय निर्माण गर्ने भनी सरकारबाट विनियोजन भएको रकम फ्रिज भएको र स्पष्ट बन ऐन अनुसार कार्य नभएको निष्कर्ष निकालिएको छ । बनको क्षेत्रमा बसोवास गर्दै आएका भूटानीको जिवनशैली देखि उनीहरुको इतिहास जिवित राख्न भूटानी समूदाय, सरकार र सामुदायिक बन मिलेर कानुनी प्रकृया पुरा गर्नु पर्ने छलफलका बक्ताहरुले जोड दिएका छन् । छलफलमा बनका अध्यक्ष चन्द्रप्रसाद गुरागाँईं, दमक नगरपालिका वडा नं. २ का अध्यक्ष प्रजापति सापकाेटा, बनका सचीव लता चापागाईं, उपाध्यक्ष पदम लिम्बु, राजनैतिक तथा स्थानीय अगुवा गगन पुरी, गणेश चाम्लिङ्ग राई लगायतले आफ्ना विचार राखेका छन् । जिम्मेवार पदाधिकारीबीच भएको छफलफमा यस अघि शुरु गरिएको शरणार्थी संग्रालयको बजेट र स्थानलाई सुनिश्चित गर्नु पर्ने तथा कानुनी मापदण्ड पुरा गरी विस्तृत योजना प्रतिवेदन तयार गर्नु पर्नेमा जोड दिइएको छ ।


यस अघि हिमालय प्रसाद दाहाल सामुदायिक बनको अध्यक्ष भएको वेला वेलडाँगी २ को उत्तरी खेल मैदान क्षेत्रको शरणार्थी बसोवास रहेको क्षेत्रमा संग्रालय बनाउने गरी योजना बनाइएको बनका कोषाध्यक्ष पवन अधिकारीले बताउनु भयो । संग्रालय बनाउन यस अघि रातो कितावमा बजेट विनियोजन भएको भए पनि कार्यन्वयन हुन सकेको छैन ।
आज बसेको छलफलमा बन बाटिका क्षेत्रमा एकद्वार प्रणाली अर्थात बन कार्यलयको संयोजनमा संग्रालय निर्माण गर्नु पर्नेमा बक्ताहरुले जोड दिएका छन् ।
१ लाख १५ हजार बढी भूटानी शरणार्थीहरु अमेरिका लगायतका विश्वका ८ वटा विकसित मुलुकमा पुनर्वास भएका छन् । हाल मोरङ र झापाको पथरी शनिश्चरे र वेलडाँगीमा गरी साढे ६ हजार हाराहारीमा मात्र भूटानी शरणार्थीहरु रहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भाइबुहारीबाटै बाँस्ताेलाकाे हत्या भएकाे खुलासा
Next post पुरानो झापा बजारको नयाँ मुहार बन्दै (फाेटाे फिचर)