१२ पुस २०७९/विराटनगर
प्रदेश नंं. १ मन्त्रिपरिषद्को हिजो बसेको बैठकको निर्णय अनुसार प्रथम अधिवेशन आगामी पोष १७ गते बस्ने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले पौष १७ गते प्रथम अधिवेशनका लागि आव्हान गर्नु भएको छ
प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछ भन्ने संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकार मन्त्रिपरिषद्ले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय अनुसार प्रमुखले अधिवेशनको आव्हान गर्नु भएको हो ।
