२८ पाैष २०७९, काठमाडौं– उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन दिएको आदेश विरूद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।लामिछानेलाई गएकाे असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *