जाेन्सकाे जन्म जयन्तीमा लाेक कल्याणकारी कार्यक्रम

३० पाैष २०७९, झापा– लायन्स क्लव अफ झापा दमकले लायन्स क्लब अन्तर्राष्ट्रिय संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अवसर पारेर साताब्यापी कार्यक्रम घोषणा गरेकाे छ । कार्यक्रम घाेषणा गर्दै बिभिन्न सामाजिक लाेक कल्याणकारी कार्यक्रमहरु समेत शुरू गरेकाे छ । क्लवका लायन्स सप्ताह अन्र्तगत शुक्रबार दमकमा आत्महत्या रोकथाम तथा सचेतना कार्यक्रम भएकाे छ ।

ईलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलिप गिरीको प्रमुख उपस्थितिमा दमक बसपार्कमा कार्यक्रम घोषणा सहित सचेतना मूलक स्टिकर टाँस गर्ने अभियान शुक्रबार देखि शुरु भएको क्लवका अध्यक्ष अशोक चौधरीले जानकारी दिनु भयाे ।  सार्वजनिक बस तथा सवारी साधन र सार्वजनिक स्थलहरुमा आत्महत्या न्यूनिकरण गर्न अपनाउन सकिने सचेतताको बिषयमा स्टिकरहरु समेत टाँस गर्न शुरू गरिएकाे छ ।

लायन्स लिडर तथा क्लवका डाइरेक्टर अजय अग्रवालका अनुसार अहिले समाजमा समस्याको रुपमा बढ्दै गरेको आत्महत्या समस्यालाई न्यूनिकरणका लागि क्लवले शुरु गरेको सचेतता अभियान प्रभावकारी बन्ने विश्वास लिएको बताउनु भयाे । यसैगरी शनिवार क्लवले झापाको कमल गाँउपालिका वडा नं. ६ का एक अति अशक्त अपाङ्ता भएका एक बृद्धको घरमा नै पुगेर कम्तिमा पनि ३ महिना पुग्नेगरी खाद्यन्न वडा अध्यक्ष नरेन्द्र भण्डारी सहितकाे उपस्थितिमा उपलब्ध गराइएकाे छ ।  उक्त कार्यक्रममा लायन्सका लायन्स क्लव ईन्टरनेशनल ३२५ ए वानका पुर्व गर्भनर रेवतबहादुर कार्की र फुलकुमार लालवानी लगायतको उपस्थिति रहेको थियो । उनीहरुले लायन्स क्लव झापा दमकले सप्ताह कार्यक्रम फरक फरक बहु उपयोगी तवरले गरेको भन्दै प्रशंशा समेत पनि गर्नु भएकाे छ ।

लायन्स क्लव अफ झापा दमकका सचिव विष्णुप्रसाद पोखरेलका अनुसार लायन्स क्लवले अति विपन्न समुदायलाई खाद्यन्न उपलब्ध गराउने तथा उपचारमा सहयोग गर्ने जस्ता कार्यक्रमहरु गर्दै आएको बताउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post क्रिकेट खेलाडी लामिछाने थुनामुक्त
Next post नमूना बन्दै महारानीझोडाः उत्कृष्ट किसानलाई सम्मान